अर्घाखाँचीडट्कम संवाददाता
बाणगंगा (अर्घाखाँचीडट्कम) । – कपिलवस्तुको बाणगंगा नगरपालिका १ बुङचीमा बस दुर्घटना भएको छ । दाङबाट काठमाडौ जादै गरेको ना ६ ख ३५२१ बसको दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाईते भएकालाई उपचारको लागी कपिलवस्तु सामुदायिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । बस चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस अनियन्त्रित भएर दुर्घटना हुन गएको प्रहरीले बताएको छ ।