कपिलवस्तु उद्योग वाणिज्य सघंमा डोलकराम घिमिरे विजयी

तस्विरः मायादेवी अनलाइन
अर्घाखाँचीडट्कम संवाददाता
कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य सघंको हिजो भएको चुनावमा अध्यक्षमा लोकतान्त्रिक प्यानल अन्र्तगत काँग्रेसका डोलकराम घिमिरे ७६९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी टोपनारायण बेलबासेले ७१९ मत ल्याउँनुभएको हो । घिमिरे प्रतिद्धन्दी प्रगतीशिल प्यानलका उमेद्धवार टोपनारायण बेल्वासे संग ५० मतले विजयी हुनुभएको हो ।
चुनाव जितेसगै सबैलाई धन्यवाद दिदै थप उत्साहका साथ कपिलवस्तु उद्योग बाणिज्य सघंलाई अगाडी बढाउने प्रतिबद्धता जनाएका हुन । चुनाव प्रजातान्त्रीक अभ्यास भएतापनि सबैलाई समेटेर काम गर्ने उनले बताए ।
त्यस्तै उपाध्यक्षमा प्रजातान्त्रिक प्यानल अन्र्तगत काँग्रेसका नै तुल्सिराम घिमिरे विजयी हुनुभएको छ । घिमिरेले ७५२ र प्रतिद्धन्द्धी कृष्ण सापकोटाले ६९९ मत ल्याउँनुभएको हो ।
अध्यक्षमा
डोलकराम घिमिरे ७६९
टोपनारायण बेलबासे ७१९
बरिष्ठ उपाध्यक्षमा
छवि रेश्मी मगर ७५७
लक्ष्मण अधिकारी ः६८०
उद्योग (उपाध्याक्ष)
कृष्ण सापकोटा ६९९
तुल्सीराम घिमिरे ७५२
बाणिज्य उपाध्यक्ष
खुमानन्द घिमिरे ७९६
कृष्ण गैरे ६४६
महासचिव
मनोज पौडेल ८१०
कुशल पौडेल ६३२
सचिव
शंकर न्यौपाने ६९९
कोपिल पौडेल (खिमानन्द) ७२४
कोषाध्यक्ष
बिनोद पन्त ७८४
मनोहर गोगी ६५५
सह कोषाध्यक्ष
यम बहादुर केसि ७६४
सेराज अहमद ६४५

अन्य समाचारहरु