लुम्बिनी प्रदेशले दाङको राप्ती गाउँपालिकामा मनायो स्थापना दिवस

स्थायी राजधानी तोकिएको दाङको राप्ती गाउँपालिकामा लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ।
दिवसकै अवसर पारी राप्ती गाउँपालिकाको लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको समेत सोमबार उद्घाटन गरिएको छ।
उद्घाटनपछि सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले राजधानी कस्तो बनाउने भनेर राजधानीबासीलाई रचनात्मक सुझाव दिन आग्रह गरे। उनले रचनात्मक र महत्वपूर्ण सुझावहरु समेटेर राजधानीको गुरुयोजनामा तयार पारिने जानकारी दिए।
‘अaको दुई वर्षभित्र प्रदेश राजधानीका पूर्वाधार निर्माणमा ध्यान दिनेछौं,’ उनले भने, ‘प्रदेश सभा सदस्यको चुनावअघि राजधानीसँग जोडिएका प्रशासनिक कार्यालयहरू राजधानी क्षेत्रमा स्थापना गरिने छ।’
प्रदेश पूर्वाधार प्राधिकरण स्थापना गरेर त्यसको सुरुवात भइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले राप्ती प्राविधिक शिक्षालयलाई गोवरडीहामा स्थानान्तरण गरिएको जानकारी दिए।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनको पहिलो अध्याय प्रदेशको राजधानी र नामको टुंगो लगाएर सुरु भएको बताए।
राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानी कार्यान्वयनको लागि प्रदेश सरकारले उदाहरण प्रस्तुत गर्न सक्नुपर्ने बताए।
प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले असोज ३ गते घोषणा गरेको विभिन्न पदकबाट ५८ जनालाई विभूषित गरिएको छ। सेतोपाटीबाट 

अन्य समाचारहरु