बुटवलको जितगढीमा जिपले मोटरसाइकललाई ठक्कर दिदा गुल्मीका एक जनाको मृत्यु

बुटवल
बुटवलको जितगढीमा पिकअप जिपले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । 
दुर्घटनामा परी घाइते भएका गुल्मीको रुरु गाँउपालिका ७ का ५६ बर्षीय बाबुराम पन्थीको आज उपचारकै क्रममा लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  
पुर्वपश्चिम राजमार्गको बुटवल १२ जितगढीमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु १ च ९०५० नम्बरको पिकअप जीपले विपरित दिशाबाट आइरहेको लु ४६ प ८१७६ नं.को मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकल चालक पन्थीको मृत्यु हो । 
घटना गएराती साढे १ बजेतिर घटेको हो । नागरिकमा समाचार छ । 

अन्य समाचारहरु