सुर्य भुसाल
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले स्वास्थ्य क्षेत्रको बिकासका लागि नगरपालिकाले थुप्रै नया कामहरु अगाडि बढाऐको बताउनु भएको छ ।
उहाले नगरपालिका भित्र सुविधा सम्पन्न अस्पताल निर्माण कार्य अगाडि बढेको बताउदै स्वास्थ्यर्मि हरुलाई जनमुखि सेवा दिनका लागि आग्रह गर्नु भएको हो ।
मुसिकोट नगरपालिकाको पालिका स्तरीय खाेप कार्यक्रम तथा काेराेना विरूद्धकाे खाेप अभियान सम्बन्धी अभिमुखिकरण कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख साप्कोटाले मुसिकोटको बिकासका लागि सबै लागि परेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख कमला सर्मा प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसाल वार्ड नम्बर १ देखि ९ नम्बर सम्मका वार्ड अध्यक्ष हरु नगरपालिकाका सवै शाखाका प्रमुखहरु कर्मचारी हरु सरोकारवाला को उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको प्रमुख प्रसासकिय अधिकृत खिमान्नद भुसालले जानकारी दिनु भयो ।