कपिलवस्तुको चन्द्रौटामा छतबाट खसेर एक बालकको मृत्यु

कपिलवस्तुमा छतबाट खसेर एक बालकको मृत्यु भएको छ।
शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटा सहजटोलका १८ महिने बालक अभिषेक विकको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले आइतबार बिहान ६ बजेतिर घरको छतबाट खसेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा बुटवलमा मृत्यु भएको बताए। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु