गुल्मीमा विप्लव नेकपा निकटको जनपत्रकार संगठन नेपालको प्रथम भेला सम्पन्न


अनिल नेपाली 
गुल्मी । विप्लव नेकपा निकटको जनपत्रकार संगठन नेपाल गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न भेलाले डिबी खड्काको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । 
कार्यक्रममा नेकपा गुल्मी-अर्घाखाँची जिल्ला सेक्रेटरी माहुरीले जनपक्षीय पत्रकारिताको माध्यमबाट वर्तमान दलाल पुंजीवादी राज्यसत्ताको चरित्र विरुद्ध लेख्नु र बोल्नुपर्ने बताए । उनले विगतको राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक, शैक्षिक आन्दोलनमा क्रान्तिकारी पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताए । 
जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका अर्घाखाँची जिल्ला सहसचिव अनिल नेपालीले समाजमा भैरहेका तमाम विकृति र विसंगतिको अन्त्य गर्नको निमित्त खोज पत्रकारिता गर्नुपर्ने बताए । 
कार्यक्रममा दलित मुक्ति मोर्चाका जिल्ला सयोजक बसन्त गैरे अखिल नेपाल किसान महासघ (क्रान्तिकारी)का केन्द्रिय सदस्य जिल्ला अध्यक्ष विनोद पोख्रेल अखिल महिला सघ क्रान्तिकारीका जिल्ला अध्यक्ष कमला बराल लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सदस्य दिपेन्द्र खत्रीले गरेका थिए । 

अन्य समाचारहरु