बाँकेका एकैदिनमा ९ जना कोरोना संक्रमीतको मृत्यु


कुलेन्द्र बिक 
बाँके । बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या वृद्धि भइरहेको छ । बाँकेमा उपचाररत थप नौ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 भेरी अस्पतालमा उपचाररत कैलाली टिकापुर १ की ५१ बर्षीया महिलाको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।
उनको आज बिहान १० बजे मृत्यु भएको हो । त्यस्तै बाँकेको नेपालगञ्ज ८ का ३३ बर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा अज बिहान साढे १० बजे मृत्यु भएको ओलीले बताए ।यसैगरी भेरी अस्पतालमा उपचाररत कैलाली लम्कीचुहा १ का ४३ बर्षीय पुरुषको मृत्यु भएको कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । 
उनको बिहीवार बिहान ७ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।त्यस्तै कोरोना फोकल पर्सन ओलीका अनुसार बाँकेस्थित खजुरा २ की ६७ बर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीवार बिहान ८ बजे मृत्यु भएको हो ।
यस्तै भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज ४ का ६० वर्षीय पुरुष, नेपालगञ्ज ५ का ५५ वर्षीय पुरुष, नेपालगञ्ज ९ का ४२ वर्षीय पुरुष र बढैयाताल ८ का ३२ वर्षीय पुरुष तथा नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कोहलपुर ११ की ४३ वर्षीय महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताउनु भयो।योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०८ र बाहिरी जिल्लाका १११ पुगेको छ ।

अन्य समाचारहरु