भक्ति राम घिमिरे
पत्थरकोट । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नं. १ पत्थरकोटमा रहेको अमर ज्योती क्लबले स्थानीय खेलाडीहरुको समस्यालाई समाधान गर्न , खेललाई गुणस्तर तर्फ मार्गदर्शन दिन, खेलाडीको खेल प्रति सकारात्मक उर्जा थप्न र पेशागत रुपले खेलाडी उत्पादन गर्ने उदेश्यले अभियान संचालन गरेको छ ।
लामो समय देखि खेलाडीलाई खेल सामग्रीको अभाव र भौतिक संरचना देखि पूर्वाधार हरुको उचित व्यवस्थापन नभएको सम्वन्धित निकायले विशेष ध्यान नदेखाएकोले खेलको विकासमा सकारात्मक परिवर्तन ल्याउन यो अभियान संचालन गरेको अभियान संयोजक सरोज भुसालले रातो प्रेसलाई जानकारी दिनु भयो ।
अभियानकर्मी सरोज भुसालले मभियानमा देश तथा बिदेशमा बस्ने खेल प्रेमी नेपाली दाजु भाई दिदी बहिनी हरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको छ।
क्रिकेट जगतमा संघर्स गर्दै आएका सरोज भुसालले खेल क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने भन्दै अमर ज्योती क्लबका अध्यक्ष दिपक भुसाल संग सहकार्य गरेर क्लब मार्फत यो अभियान संचालन गरेको बताउनु भयो।