सहयोगी बिसी | अर्घाखाँचीडट्कम संवाददाता
हरियाणा (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको ठाडीखोलीका एक युवा भारतको हरियाणाबाट बेपत्ता भएका छन् ।
बाँगीको ठाडीखोलीका ३८ वर्षिय धनिराम भुसाल भारतको हरियाणा राज्यको पानीपतबाट बिगत ६ महिनादेखि बेपत्ता भएका हुन् ।
भुसाल रोजगारीको सिलसिलामा लामो समयदेखि हरियाणामा थिए । उनलाई हरियाणाका नेपालीबासीहरुले स्थानिय पुलिसमा खोजीको लागि निवेदन पनि दिएका छन् ।
उता लामो समयसम्म संपर्कमा नआएपछि बाँगीमा रहेका उनका बुबा, श्रीमती र नाबालक छोरीहरु चिन्तित रहेका छन् । भने खोजी गर्न तथा फेला पारेमा ९८६७७७७१८४ संपर्क गरिदिन अनुरोध गरेका छन् ।