गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ४ खैरेनीबाट लिंगातर्फ जाँदै गरेको लु २ च १४६८ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरुमा जीप चालक सत्यवती गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय शेरबहादुर श्रीसमगर, सत्यवती वडा नम्बर ७ का ७४ वर्षीय चन्द्र विक, सत्यवती–५ की ५० वर्षीया दिलकुमारी पुन, सत्यवती वडा नम्बर ४ कै ६८ वर्षीया नैनकला पौडेल, र सत्यवती वडा नम्बर ५ कै ६५ वर्षीया भद्रीकला ज्ञवाली रहेको प्रहरी जनाएको छ । जीप अनियन्त्रित भएर सडकबाट करीब १५ मिटर तल खसेको जनाइएको छ ।
घाइतेहरुलाई प्रथामिक स्वास्थ्य केन्द्र जोहाङमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।