सी. पी. खनाल देशसन्चार
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।
उनले प्रदेश प्रमुख अमिक शेरचनकहाँ राजीनामा बुझाएका छन्।
मुख्यमन्त्री पोखरेलविरूद्ध विपक्षी गठबन्धनका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। आज बस्ने प्रदेश सभा बैठकमा उक्त प्रस्तावमाथि छलफल छ। उक्त प्रस्ताव छलफल हुनुअगाडि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिन लागेका छन्।
लुम्बिनीमा एमालेका ३८ सांसद छन् भने विपक्षी गठबन्धनमा ४१ सांसद छन्।
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्ने तयारी छ।