नेपाल पत्रकार महासंघ प्रदेश कमिटीका सचिव जयसिंह केसीले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर खेलकुद मन्त्रालय कांग्रेसले लिनु पर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन्।
केसीले पत्रकार महासंघ प्रदेश कमिटीको सचिवको हैसियतमा बुझाएको ध्यानाकर्षण पत्रमा भने पत्रकारहरुका समस्याहरुका सन्दर्भमा भने कहि कतै उल्लेख गरिएको छैन।
केसीले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका भन्दै उक्त पत्र समेत सार्वजनिक गरेका छन्।
पेश गरीएको पत्रमा कोभिङ १९ ले देशमा निराश छाइरहेका बेला सम्मानिय प्रधानमन्त्री ज्युले पदभार सम्हालेपछि जनतामा नयाँ उत्साहको संचार गराएको भन्दै इतिहासको एउटा कठिन घडिमा बनेको सरकारले जनताको चाहना भावना र आवश्यकतालाई महशुस गरेर धेरै काम गर्न गर्ने अवस्था रहेको उल्लेख गरेका छन्।
त्यसैगरी केसीले जनताको जीवन बचाउनु सरकारको पहिलो प्राथमिकता हो र सरकारले पनि त्यसमा आफनो ध्यान केन्द्रित गरेको छ । यद्यपी कोरोनाको हटस्पट बनेको बाँकेमा अझै काम गर्न बाँकी छ । सम्मानिय प्रधानमन्त्री ज्युमा यी निम्न मागहरुमा यर्थासिघ्र सम्बोधन गरिदिन हार्दिक अनुरोध गर्दछु भनेका छन।
पत्रकारहरुको छाता र साझा संस्थाको जिम्मेवार पदाधिकारीले पत्रकार महासंघको नाम र पदीय हैसियत दुरुपयोग गरेर नेपाली कांग्रेसको कार्यकर्ताले बुझाउने ज्ञापन पत्र बुझाएको भन्दै पत्रकार सम्वद्ध संघ संस्थाहरुले आलोचना गरेका छन्।
प्रेस चौतारी नेपालका सचिव भरत केसीले पत्रकार महासंघका सचिवले पदको चरम दुरुपयोग भएको भन्दै तत्काल पत्रकार महासंघको धारणा सार्वजनिक गर्न माग गरे।
नेपाल पत्रकार महासंघका प्रदेश समिती महासचिव बिक्रम खडकाले पत्रकार महासंघले अहिले कुनै पनि प्रकारको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम नभएको भन्दै जय सिह केसीको नितान्त ब्यक्तीगत बिषय भएको बताए। यस्ता ब्यक्तीगत ईच्छाका काममा पत्रकार महासंघलाई नजोडन उनले चेतावनी दिन्छौं खडकाले भने
केसीले बुझाएको ध्यानाकर्षण पत्र यस्तो छ ।




