अर्घाखाँचीडट्कम संवाददाता
गुल्मी । नेपाली कांग्रेस गुल्मी जिल्ला छ्त्रकोट १ हुगाको साबिक वार्ड १ र २ लाई समाबेश गरि टोल नम्बर १ को अधिबेशन सम्पन्न भएको छ ।
ओम बहादुर ढेगाको अध्यक्षतामा १५ सदस्य कार्य समिति चयन गरिएको छ।
नेपाली कांग्रेस छत्रकोट १ का सभापति महेश्बर भण्डारीको अध्यक्षता , नेपालि कांग्रेस गुल्मी जिल्ला सदस्य अनन्तराम पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा नेबि संघका पुर्ब केन्द्रित सद्स्य मोती भण्डारी लगायत महिला सघ , तरुण दल , ने बि संघका नेताहरुको नि उपस्थित थियो ।
सम्पुर्ण हुगालाई ६ वटा टोलमा बिभाजन गरिएको छ । २ वटा वार्ड काठमाडौं र बुटवललाई बिना भूगोलको टोल गठन गर्ने निर्णय गरिएको छ । छत्रकोट भित्रका सम्पूर्ण अधिबेशन सर्बसहमतीबाट चयन गर्ने पनि निर्णय गरिएको बिध्यार्थि नेता ऋषि भण्डारीले बताउनु भएको छ ।