अर्घाखाँचीडट्कम संवाददाता
बुटवल (अर्घाखाँचीडट्कम) । मेथेनिक कृसिस (पेशी दुर्बलताजन्य संकट) रोग पीडित कपिलवस्तु बाणगंगा नगरपालिका वार्ड नं- ८ चप्परगाउँकी एक महिलालाई उपचारको लागि आर्थिक समस्या परेको छ ।
मेथेनिक कृसिस (पेशी दुर्बलताजन्य संकट) रोग पीडित चप्परगाउँका झबिन्द्र विकको श्रीमती अनिता विकलाई उपचारको लागि आर्थिक समस्या परेको हो ।
अनिता विक लामो समय देखि मेथेनिक कृसिस (पेशी दुर्बलताजन्य संकट) रोगदेखि ग्रसित छिन । परिवारले उपचार लागि आर्थिक सहयोगको अपिल गरेको छ ।
अनिता २ महिनाको सुत्केरी काठमाडौँ मेडिकल कलेजमा २१ दिन उपचार गराएको जसमा १५ लाख खर्च भएको र डाक्टरले निको भयो भनि घर पठाइदिएको ७ दिनपछि पुन फेरि उस्तै रोग बल्झिएर अहिले फेरि काठमाडौँको न्युरो अस्पतालमा मेथेनिक कृसिस रोगको उपचार गराई रहेकी छिन् । उक्त उपचारको लागि धेरै नै रकमको आवश्यक पर्ने परिवारले बताएको छ । पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएको कारण समस्या आइपरेको समाज सेवी कृष्ण थापाले बताए ।
परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचारको लागि आर्थिक सहयोग गरिदिनु हुन परिवारले हार्दिक अपिल गरेको छ ।
कसैले सहयोग गर्न चाहेमा तलको विवरण अनुसार पैसा जम्मा गर्न सकिने परिवारले बताएको छ ।
NMB Bank limited Bangain Branch.(Jhabindra B.k)
खाता न: 0510145900400018
Global IME Bank Bangain Branch.(Santosh B.K)
खाता न: O707010006294