अजय के.सी
प्युठान । गौमुखी गाउँपालिका ठुलाबेशी प्युठानले खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
भलिबल खेल प्रतियोगिताको आयोजनाको लहर चलिरहेको बेला प्युठानले पनि ठुलो राशि राखी खेलाडीहरुलाई उस्साहित गराएको छ ।
जसमा ९ (नौ) टिमले भाग लिए का थिए । जुन खेलमा ज्ञानदिप कलेज दाङ्ग तुल्सीपुर को टिम प्रथम ,मरमथाना युथ क्लब प्युठान दोस्रो ,बिक्रम स्टार युथ क्लब तेस्रो ,र बदाने युथ क्लब चौथो स्थान अर्थात सान्त्वना पुरस्कार हासिल गरेका छन । सो खेलमा पुरस्कार को राशि यश प्रकार रहेको थियो .
प्रथम पुरस्कार = 100000 (एक लख ) दोस्रो पुरस्कार = 660000 (छेसठ्ठि हजार) तेस्रो पुरस्कार = 40000 (चालीश हजार ) सान्त्वना पुरस्कार =10000 (दश हजार) रहेको थियो ।
जुन भलिबल प्रतियोगिता भर कै उत्कृष्ट खेलाडी को उपाधी मरमथाना युथ क्लब टिम क्याप्टेन किस्मत प्रथाब शाहा लाई प्रदान गरिएको थियो ,,! यसैगरि उत्कृष्ट स्पाईकर ज्ञानदिप कलेजका कमल गहतराजले हासिल गरेका थिए ।