अर्घाखाँचीडट्कम संवाददाता
बहराइन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन नेपाली जनप्रगशिल मन्च बहराइनको तेस्रो अधिबेशन बहराइनको मनामा स्थित ब्लुमुन नेपाली रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ।
नेपाली जनप्रगतिशिल मन्चका सचीव कमल घिमिरेबाट औपचारिक सुरुवात हुदै सुक बाहादुर कोइरालाको संचालनमा भएको अधिवेशनलाई मन्चका अध्यक्ष युवराज केसीले सभापतित्त्व गर्नु भएको थियो ।
कार्यक्रम मा नेकपा माओवादी केन्द्र प्रवास कमिटी अध्यक्ष ओम शर्मा प्रमुख अतिथि रहनु भएको थियो भने विशेष अतिथि मा नेपाली जनप्रगतिशिल मन्च मध्यपुर्व अध्यक्ष शनिकुमार ओलि, प्रवास समिति प्रेस सेन्टरका संयोजक आरबी खड्का, मन्च मध्यपुर्व सचीव हरि नेपाली, नेपाली जनप्रगतिशिल मन्च बहराइन का प्रमुख सल्लाहकार जीवन श्रेष्ठ, मन्च का पुर्व अध्यक्ष नारायण रपाल बिश्वकर्मा, नेपाली जनसम्पर्क समितिका सभापति पदम सुन्दर गुरुङ, प्रवासी नेपाली मन्च का सचिब हरि श्रेष्ठ र बहराइन कृयाशिल संघ संस्था संगठन का प्रतिनिधि हरु, मध्यपुर्ब मा कृयासिल नेपाली जनप्रगतिशिल मंच को अध्यक्ष कमरेड हरुको समेत भर्चुअल जुम मार्फत आतिथ्य रहेको थियो ।
ज्ञात अज्ञात महान सहिद हरुप्रती श्रद्धाञ्जली स्वरुप एक मिनेट मौनधारण गर्दै सुरु भएको कार्यक्रम मा मन्च का प्रमुख सल्लाहकार जीवन श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने पुर्ब अध्यक्ष नारायण रपाल बिस्वकर्मा ले सांगठनिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
मन्च मध्यपुर्ब का अध्यक्ष शनि कुमार ओलि, सचिब हरि नेपाली नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ ले भर्चुअल जुम मार्फत कार्यक्रम लाई शुभकामना व्यक्त गर्नु भएको थियो भने नेपाली जनसम्पर्क समितीका सभापति पदम सुन्दर गुरुङ , प्रवासी नेपाली मन्च सचिब हरि श्रेष्ठ , नेपाली जनप्रगतिसिल मोर्चा का एरिया इन्चार्ज धनन्जय जोसि, नेपाली समाज का कार्यबाहक अध्यक्ष राम सेवक महतो ले कार्यक्रम मा उपस्थित भएर शुभकामना राख्नु भएको थियो ।
बहराइन मा श्रम गरुरहेका प्रगतीशिल बिचार बोक्ने नेपाली हरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम मा मन्च लाई स्थापना काल देखिनै सहयोग पुर्याउनु हुने मन्च का पदाधिकारी हरु, बहराईन मा स्थापित संघ संगठन हरुलाई सम्मान स्वरुप प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड भर्चुअल मार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको भएपनी ब्यस्तताको कारण उपस्थिति जनाउन नसक्नु भएको हुदा पार्टी प्रवास कमिटी अध्यक्ष ओम शर्मा ले प्रमुख अतिथी को रुप मा भर्चुअल जुम मार्फत सम्बोधन गर्नुभएको थियो । मन्चका कलाकारहरु बामदेब भाटको स्वागत गित तथा बामदेब भाट र रेजिना छिनाल को चोटिलो नृत्य ले कार्यक्रम लाई अझ रौनक थपेको थियो ।
कार्यक्रम को सभापतित्व गरिरहनु भएको अध्यक्ष युबराज केसि ले पुरानो समिती लाई बिगठन गर्दै पहिलो चरणको कार्यक्रम समापन भएपछि नारायण रपाल बिस्वकर्मा को संयोजकत्वमा जीवन श्रेष्ठ तथा तुल किसान सदस्य रहेको निर्वाचन समितीले युबराज केसीको अध्यक्षतामा पछि एकजना थप्ने गरि ३२ जना को कार्यसमिति निर्वाचित गरिएको छ ।
१) अध्यक्ष युबराज केसी
२) बरिस्ठ उपाध्यक्ष रामु काफ्ले
३) उपाध्यक्ष कमल घिमिरे
४) उपाध्यक्ष गेहराज घर्ती मगर
५) उपाध्यक्ष सुक बहादुर कोइराला
६) महासचिव कल्याण सेन्चुरी
७) सचिव गोपाल सेजवाल
८) प्रवक्ता सुरज भट्ट
9) कोषाध्यक्ष बल बहादुर बुढाथोकी (धुर्ब)
१०) सहकोषाध्यक्ष दिपक बिक
११) सहसचिव भानुभक्त पाठक
१२) ब्यवस्थापन संयोजक अनमोल राक्सेमगर
१३) युवा संयोजक अविशेक श्रीपाली
१४) युवा सहसंयोजक भुपाल खनाल
१५) खेलकुद संयोजक भेसराज रेग्मी
१६) खेलकुद सहसंयोजक नरेश बिष्ट
१७) ब्यवस्थापन सहसंयोजक महेश बिस्वकर्मा
१८) सास्कृतिक संयोजक बामदेव भाट
१९) सास्कृतिक सहसंयोजक रेजिना छिनाल
२०) महिला संयोजक बसन्ती भुसाल
२१) महिला सहसंयोजक भावना भट्ट
२२) सदस्य बिक्रम सेजवाल
२३) सदस्य जिबित कार्की
२४) सदस्य धन बहादुर बस्नेत
२५) सदस्य हरि बहादुर सेजवाल
२६) सदस्य नवराज कार्की
२७) सदस्य मदन परियार
२८) सदस्य रेम बहादुर थापा
२९) सदस्य सन्त बहादुर माझी
३०) सदस्य कमल बहादुर बि क
३१) सदस्य मन्जु लामा
३२) सदस्य दिनेश केसी