कृष्ण खनाल
बुटवल । “हाम्रो प्राथमिकताको आधार ,अपाङ्गता भएका व्यत्तिहरुको अधिकार ” भन्ने नारासहित नेत्रहिन युवा संघ रुपन्देहीले अपाङ्गता दिवसका सन्दर्भमा २ दिने कार्यक्रम सम्पन्न गरेको छ ।
नेत्रहिन युवा संघ नेपाल , युएसएआइडि र आइएफइएसको सहकार्य , नेत्रहिन युवा संघ रुपन्देहिको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो मंसिर १७ गते सियारी गाउपालिका बिरेन्द्र मा.बि छपिया र मंसिर १८ गते तिलोतमा नगरपालिका मणिग्राम शान्ती नमुना माध्यमिक बिधालयमा कार्यक्रम भएको हो । बिधालय रहेका वडाका अध्यक्ष हरुलाई प्रमुख वत्ता बनाईएको कार्यक्रममा अपाङ्गता भएका व्यत्तिहरुको राजनैतिक नेतृत्व र सहभागिता बिसयमा अन्तरक्रिया गर्नुका साथै चेस खेलको विषयमा सहजीकरण गरिएको थियो ।
नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले दृष्टिविहिनहरुले पढ्ने विद्यालयमा कार्यक्रम गरेर चेतना अभिबृद्दिमा सहयोग पुग्ने विश्वास व्यत्त गर्नुभयो ।
अपाङ्गता भएका व्यत्तिहरुको निर्वाचनमा पहुँच परियोजनाका फिल्ड अधिकृत अस्मिता क्षेत्रीले विभिन्न कार्यक्रम मध्ये अन्तरक्रिया कार्यक्रम गरिएको बताउनु भयो ।
विरेन्द्र मा .वि छपिया र शान्ती नमुना मा.वि मणिग्राममा गरि करिब ७० जना विभिन्न अपांगता भएका र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।