दीपेन्द्र पौडेल
प्युठान (अर्घाखाँचीडट्कम) । युवाहरू अनुशासन खेलमा प्रोत्साहन भन्ने संदेशका साथ झिम्रुक युथ क्लबले अर्घाखाँची गुल्मि प्युठानको ज्क्सन सौतामारे प्युठानमा खुल्ला भलिबल प्रतिस्पर्धा आयोजना गरेको छ ।
यस् खुल्ला भलिबल खेलको उद्घाटन झिम्रुक गाउँपालिका १ का वाडअध्यक्ष धुबराज खनालले गरेका हुन् ।
युवाहरूलाई प्रोत्साहन अनुशासन र मर्यादित बनाउन यस्ता मैत्रीपुर्ण खेलले ठुलो भुमिका खेल्छ उनले भने खेलाडीहरुलाइ प्रोत्साहन हौसला प्रदान गर्ने भलिबल खेल राखेकोमा क्लबलाई धन्यवाद दिए ।
यस् २२ र २३ गते हुने भलिबल खेलमा जम्मा ९ टिमको सहभागिता रहेको छ आज ४ खेल भएपनि बाकि सबै खेलहरु सहित फाइनल खेल भोलिपल्ट हुनेछ्न ।
प्रथम पुरस्कार तिस हजार नगदसहित प्रमाणपत्र, दोस्रो बिस हजार नगदसहित प्रमाणपत्र, र तेस्रो दस हजार नगदसहित प्रमाणपत्र रहेको कुरा क्लबका एक सदस्य अमृत जि: सीले बताए ।