गुल्मीमा मसाल निकट प्रगतिशील पत्रकार संघको भेला सम्पन्न, ११ सदस्यीय जिल्ला समिति निर्माण

शंकर प्रसाद पोख्रेल 
गुल्मी पुर्तिघाट । प्रगतिशील पत्रकार संघ गुल्मिको जिल्ला स्तरीय  भेला सम्पन्न भएको छ।प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य संकर प्रसाद पोख्रेलको अथित्यमा  गुल्मि जिल्लाको  कालीगण्डकीमा गाउंपालिकाको पुर्तिघाटमा  जिल्ला भेला सम्पन्न भएको हो।
भेलाले प्रगतिशील पत्रकार संघको जिल्ला अध्यक्षमा हरि न्यौपानेलाई चयन गरेको छ ।भने उपाध्यक्षमा शंकर प्रसाद पोख्रेल ,सचिबमा हरि कुमार केसि,सह सचिबमा अस्मिता पुन कोसाधक्षमा लेखानन्त पुन ,र सदस्यहरुमा चन्द्र पुन ,लिला कुंवर ,गंगा पुलामी ओम श्रीस,हरि पुन ,र अर्जुन न्यौपाने रहेको प्रगतिशील पत्रकार संघ गुल्मी  जिल्ला समिति निर्माण भएको छ।
भेलापछी नयाँ जिल्ला कार्यसमितिलाइ प्रगतिशील पत्रकार संघका संकर प्रसाद पोख्रेलले शुभकामना मन्तव्य दिनुभएको थियो। भेलाको नयाँ कार्य समितिको नाम   पढेर  छबिलाल सर्तुङ्गिले घोषणा गर्नुभएको थियो।

अन्य समाचारहरु