टेकराज थापा
दोहा,कतार । नेपाली दुतावास गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेपाल पत्रकार महासंघ शाखा कतार को समन्वयमा सचेतनामुलक कार्यक्रम गरेको छ ।
पछिल्लो समय लोक प्रिय् सामाजिक सञ्जाल टिकटक प्रयोग कर्ताले अपाउनुपर्ने सावधानी सम्बन्धित सचेतनामुलक कार्यक्रम गरेको हो । विश्वव्यापी कोरोना पक्ष्यात २०२० देखि २०२२ सम्म आईपुग्दा कतार सरकारले बिभिन्न समयमा सामाजिक सञ्जाल जुम मार्फत सचेतना कार्यक्रमहरु गर्दै आएको छ । एक्काइसौं शताब्दीमा रहेता पनि हामी श्रम सम्झौता गरेर आएको यहाँको प्रचलित कानुनलाई सम्मान गर्नु पर्ने हुन्छ ।
मनोरञ्जनका नाम भिडियो बनाउदै गर्दा अन्जान वा जानेर हुने गल्ति हुँदा यहाँको काननु केन्द्रित भएको हुँदा कतारमा रहनुहुने हाम्रा नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई ध्यानाकर्षण गराउदै तपाईं हामिलाई अप्ठ्यारोमा पर्ने हुदा विभिन्न सामाजिक सञ्जालमा भिडियो बनाएर नराख्न सचेत गराउने उदेश्य सहित संदेश मुलक कार्यक्रमको आयोजना गरिएको एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी गराउनु भयो ।
हामिहरुले सामाजिक संजालमा आफ्नो कला प्रदर्शन गर्दै गर्दा समदेनशिल क्षेत्रहरुमा हामीले खिच्ने फोटो तथा भिडियोहरु खिच्दै गर्दा हामिले ध्यान दिनुपर्ने क्यामरामा त्यहाको सरकारी स्वामित्व सम्पत्ति वा अन्य परिवारका सदस्यहरुलाई हामिले दुरुपयोग त गरेका छैनौं ? सचेत हुन आव्हान गर्दै भबिस्यमा हुन सक्ने दुर्घटना न्यूनीकरण गर्न सकियोस् भन्ने उदेश्यले फेशबुक टिकटकको सदुपयोग गरौं कतारको कानुनलाई दुरुपयोग नगर्न अनुरोध गरेका थिए ।
हामि भन्दा पनि धेरै संख्यामा भारत आप्रवासीहरुको बसोबास रहेको त्यसपछि नेपाल बंगलादेश पाकिस्तानी त्यसैगरी अन्य देशको नागरिक समेत रहेको कतारमा अन्य देशको तुलानामा नेपालीहरु सामाजिक सञ्जाल प्रयोग कर्तामा अग्रपंक्तिमा रहेको हुदा आफ्नो छविलाई कायम राख्नु पर्ने सामाजिक सञ्जालमा सचेतना सन्देश मुलक बन्नु पर्ने बताए ।
दुतावासले आफनो सामाजिक सञ्जाल मार्फत कतार सरकारबाट जारि हुने हरेक सुचनालाई हामीले आधिकारिक मान्नु पर्ने हुदा दूतावासको सञ्जाल मार्फत सम्प्रेषण गर्ने गरेको हुदा तपाईंहरुले सेयर गर्न अनुरोध गर्दै वास्तविक नबुझि उपयोग कर्ताले न्युज सेयर गर्दा साइबर क्राइम अन्तर्गत ५ लाख जरिवाना ३ वर्ष सम्म जेल सजाए हुने नियममा उल्लेख छ ।
साथै हामी जुन देशमा बसोबास गर्छौ त्यहाँको संस्कृति रितिरिवाजको पालना गर्नु पर्ने हाम्रो दायित्व रहेको बताउदै साँस्कृतिक सम्प्रदायको मर्यादालाई टिकटक मार्फत सकारात्मक संदेश प्रवाह गर्न का.वा. महामहिम राजदुत लक्ष्मण खनालले अनुरोध गरे ।
उक्त कार्यक्रममा कतारमा रहेका सामाजिक अभियान्त टिकटक उपयोगी कर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण एनसीसी महासचिव पदम गिरीले गर्नुभएको थियो ।