माओवादी केन्द्रले खटायो लुम्बिनीका सबै जिल्लामा केन्द्रीय नेता, अर्घाखाँचीमा डिलाराम आचार्य

बुटवल  । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिको बैठकले  बिशेष प्रशिक्षण अभियान सञ्चालन गर्न जिल्लामा बरिष्ठ केन्द्रीय सदस्य डिलाराम आचार्य लाई चयन गरेको छ । 
जसअनुसार दाङमा रेखा शर्मा, बर्दियामा ओनसरी घर्ती, बाँकेमा पूर्णा सुवेदी, रोल्पामा दिपेन्द्र पुन, प्युठामा जोगबहादुर महरा, रुकुमपूर्वमा कमला रोका, कपिलवस्तुमा जयपुरी घर्ती, नवलपरासीमा बामदेव क्षेत्री, पाल्पामा जगप्रसाद शर्मा र गुल्मीमा गणेशमान पुनलाई प्रशिक्षकको रुपमा खटाएको छ ।
“जसको नीति उसको नेतृत्वः स्थानीय चुनावमा माओवादी वर्चश्व” भन्ने नारा पनि अघि सारेको छ ।

अन्य समाचारहरु