रुपन्देहीको शुद्धाेधन – ३ मा ७ दिने उदघोषण तथा मादल तालिम सम्पन्न

अराज बेल्बासे
शुद्धाेधन । रुपन्देहीको शुद्धाेधन गाउँपालिका वडा न. ३ काे आमा समुहको भवन र खानेपानीको भवनमा ७ दिने उदघोषण तथा मादल तालिम आइतबार सम्पन्न भएको छ । शुद्धाेधन गाउँपालिका वडा न. ३ को आयोजना तथा जेनेरेशन मल्टिमिडियाकाे सहयोगमा कार्यक्रम भएकोे हो ।
महिलाहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिममा ६० जना महिला दिदिबहिनीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक रवि रानाले जानकारी दिनुभयो । 
सो अवसरमा नम थापाले मादल र सुरज थापा मगरले उद्घोषण तालीमको प्रशिक्षण दिनुभएको थियो । 
वडा न. ३ महिला सदस्य अणकुमारी पङ्गेनिको अध्यक्षता, वडा अध्यक्ष हेमबहादुर खडकाकाे प्रमुख आतिथ्यता, वडा सदस्य राधिका विक, जेनेरेशन मल्टिमिडिया कार्यक्रम सयोजक रवि रानाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 
समापन कार्यक्रममा बोल्ने बक्ताहरुले तालिममा सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्न सके मात्र जिवनमा परिवर्तन आउने बताएका थिए ।
सहभागी महिलाहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै ब्यवहारमा उतार्न प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । ७ दिने तालिमको समय निकै छोटाे भएकोे र थप दिनको तालीम संचालन गर्न जोड दिएका थिए ।
कार्यक्रम जानू अाचार्यकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । 

अन्य समाचारहरु