माधव पौडेल
पाल्पा – पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ने क पा एमाले को तर्फ बाट गाउँपालिका उपाध्यक्षमा उम्मेद्बारी दिएकी गीता घिमिरेको उमेद्वारीसँगै कांग्रेस पाटीमा तरंग पैदा भएको छ ।
गत ७४ सालको स्थानीय तहको निर्वाचनमा झिनो मत ले पराजित भएको उपाध्यक्ष पद अहिले भने विजय हुने सम्भावना बलियो देखिन्छ ।
को हुन् त गीता घिमिरे ?
गीता घिमिरे को जन्म वि स २०४० पुस २२ मा तानसेन नगरपालिका १३ मा भएको हो ।विवाहित उनको घर रैनादेवी छहरा गाउपालीका ४ अम्लाबास मा पर्दछ ।
उनी विद्यार्थी जीवन बाटै राजनैतिक क्षेत्र मा सक्रिय हुँदै आएकी छन् ।वि स २०६२ अखिल नेपाल महिला संघ छहरा गाविस को सदस्य रहेकी उनी वि स २०६९ मा ने क पा एमाले को सातौं जिल्ला अधिवेशन बाट नेकपा एमाले जिल्ला कमटी सदस्यमा निर्वाचित भइन् ।
त्यतै अहिले भर्खर मात्र भएको दसौं जिल्ला अधिवेशन बाट जिल्ला कमिटी सचिवालय सदस्य मा निर्वाचित हुँदै अहिले गाउँपालिका इन्चार्ज समेत भएकी थिइन् ।
त्यतै वि स २०६४ जेठ देखि वि स २०६७ सम्म शिक्षण पेशा मा आबद्द पनि थिइन् भने विभिन्न सामाजिक संस्था को प्रमुख को जिम्वेवारी समाल्दै काम गर्दै अहिले रैनादेवी छहरा गाउँपालिका को उपाध्यक्ष पद मा नेकपा एमाले को तर्फ देखि उपेद्वारी दिएकी छन् ।
उनका स्वभाव सबै संग मिल्ने सबै संग सहकार्य गर्ने सालिन ,कर्मठ रहेका छन् ।
महिला कुनै कुरामा पनि पछि हट्नु हुँदैन अगाडि बढ्ने हो भने जे कुरा पनि सम्भव रहने उनको बुझाइ छ ।
उनका मुख्य चुनाबी एजेण्डा मध्ये महिला हरु लाइ सीप मुलक तालिम सहित रोजगारी को सुनिश्चितता गर्ने ,युवा हरु लाई स्वोरोजगार be बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने , बृद वृदा , अपाङ्ग का क्षेत्र मा विशेष कार्यक्रम सञ्चालन गर्ने रहेका छन् ।यिनका यी महत्वपूर्ण एजेण्डा ले पनि उनको उपाध्यक्ष पद बलियो देखिएको छ ।