दिपक भुसाल
अर्घाखाँची । नेकपा एमालेले रुरु क्षेत्र गाँउपालिका वडा न. ५ बम्घा गुल्मीमा पदमलाल श्रेष्ठ लाई अध्यक्षको उमेद्धार सर्वसम्मत चयन गरेको छ । श्रेष्ठकाे उमेद्धारीले बम्घा तरगिंत बनेको छ ।
श्रेष्ठ स्थानिय जनप्रिय युवा नेता मध्ये गनिएका नेता हुन् । राजनितिमा परिवर्तन र बम्घा संस्थागत सुधारमा आफ्नो पहिलो प्रथमिकता हुने बताउनु भएको छ । स्थानिय निकायले दिने सेवा प्रवाह कस्तो हुन्छ भन्ने कुराको वास्तविकता जनतालाई अनुभुत गराउन एमालेको जित अनिवार्य ठानेका श्रेष्ठ धेरैको मन जितेर वडा कार्यालयको नेतृत्वमा पुग्ने अनुमान धेरैले गरेका छन् ।
उहाँको उमेद्धवारिले स्थानियहरुले अब गाँउको विकास सन्तुलित हुनेमा आशा पलाएको बताएका छन् ।