जातिय उन्मुलन दिवस: रुपन्देहीको सैनामैनामा कविता प्रतियोगिता गरि मनाईयो

अनिल नेपाली 
रुपन्देही जेठ २१ गते । आज जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ । 
सो अबसर पारेर रुपन्देहीको सैनामैनामा पनि अन्तर माबी स्तरिय कविता प्रतियोगिताको आयोजना गरि यो दिवस मनाईएको हो ।एलायन्स क्लब अफ सैनामैनाको आयोजनामा भएको प्रतियोगितामा १२ बिधालयले सहभागिता जनाएका थिए । १२ बिधालयलाई पछि पार्दै रुपन्देही मोडन बिधालयले उपाधी चुमेको छ । यस्तै,प्रतियोगितामा कलौनी कान्तिपुर स्कुल द्वितीय र जनकल्याण बिधालय तृतीय हुन सफल भएको कार्यक्रम संयोजक सुस्मिता परियारले जानकारी दिईन् । 
प्रथम हुने बिधालयले रु.३ हजार नगद राशि,ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीयले २ हजार राशि र तृतीय हुने बिधालयले रु.१ हजार राशि,ट्रफि र प्रमाणपत्र,मेडल प्राप्त गरेको हो ।
सहिद नारायण पोख्रेल क्याम्पस सैनामैनाको सभाहलमा भएको कार्यक्रम एलायन्स क्लब अफ सैनामैनाका अध्यक्ष दिपल काफ्लेको अध्यक्षता,संविधान सभा सदस्य तथा दलित अभियान्ता बिनोद पहाडीको प्रमुख आतिथ्यता तथा क्याम्पस प्रमुख यदुलाल पन्थको विशिष्ट आतिथ्यतामा भएको हो ।
सोही अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य तथा दलित अभियान्ता बिनोद पहाडीले आज जातीय भेदभाव अन्त्य भएको १६ बर्ष पुग्यो तर अबस्था उस्तै रहेको भन्दै चिन्ता व्यक्त गरेका छ्न । 
राज्य  एकीकरण देखि संविधान निर्माण सम्म दलित समुदायले खेलेको भुमिका अतुलनीय रहेको स्मरण गराउदै राज्यको मुलधारमा दलित समुदायलाई ल्याउन सबै तहको योगदान रहनु पर्ने उल्लेख गरे । अझै पनि समाजमा जातीय बिभेदका कारण हिसा,दमन र अबहेलना सहनु पर्ने बाध्यता कायमै रहेकाले यी यस्ता व्यबहार नगरी सुसभ्य व्यबहार गरि समतामूलक समाज निर्माणमा टेवा दिने कुरा राखे ।
एस्तै,कार्यक्रम क्याम्पस प्रमुख यदुलाल पन्थ,दलित पत्रकार  संघ नेपालका केन्द्रिय सचिब तथा रेडियो नेपालका रिता बुढाथोकीले कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एलायन्स क्लब अफ गैडहवाका चाटर प्रेसिडेन्ट शिवनाथ बराई,सैनामैना दलित उत्थान समितीका अध्यक्ष अम्बिका परियार लगायतले बोलेका थिए ।कार्यक्रममा एलायन्सका महासचिब प्रेम न्यौपानेको सन्चालन रहेको थियो ।

अन्य समाचारहरु