अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले सबैको साथ ,सहयोग र सुझावको आधारमा सञ्चार विद्येयक ल्याउने बताउनु भयो ।
वातावरण दिवसका अवसरमा पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री शर्माले लुम्बिनीको सञ्चार विद्येयकले सबै सञ्चारमाध्यामलाई सम्बोधन गर्ने दावी गर्नुभयो ।
उहांले मानिसका कै कारण संसारमै वातावरणमा समस्या आएको बताउनुभयो । वातावरण संरक्षणका लागि पत्रकारहरुले कलम चलाउनु पर्ने बताउंदै वातावरण सम्बन्धी नागकिरलाई मिडियाबाट सचेत गराउनु पर्नेमा जोड दिनुभयो । मन्त्री शर्माले वातावरणीय पत्रकारिता पुरस्कार स्थापनाका लागि पहल गर्ने पत्रकारहरुलाई आश्वासन दिनुभयो ।वातावरण पत्रकारिता पुरस्कार स्थापना कर्ता अग्रज पत्रकार नारायण सापकोटाले वातावरणको क्षेत्रमा पत्रकारहरुका कलम नै प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य तथा पत्रकार महासंघ् रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडी, बालकृष्ण चापागाई, पत्रकार माधव ढुंगनालगायतले बोल्दै वातावरणको संरक्षण हुने गरी पत्रकारिता क्षेत्रलाई फराकिलो बनाउनु पर्नेमा जोड दिए । वातावरण दिवसको अवसरमा पत्रकार महासंघ रुपन्देहीमा स्थापना गरिएको वातावरणीय पत्रकारिता पुरस्कारबाट पत्रकार तेजेन्द्र केसीलाई सम्मान गरिएको छ ।
पत्रकार केसीलाई नगद २५ हजारसहित सम्मान गरिएको हो ।पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलको अध्यक्षता र सचिव विनोद परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।