अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्कमा ट्याक्टर दुर्घटना परेकी भुमिकास्थान नगर पालिका ३ धारापानीकी निसा भुसालको लागि रक्तदान गरिएको हो ।
पहिलो पाइला नेपाल बुटवल शाखा उपाध्यक्ष बाबुराम खनाल र सन्तोष बन्जाडेले रगतको लागि सहयोग गर्नु भएको थियो ।
बुटवलको कालिकामा पढ्दै आएकी धारापानीकी निसा भुसालको लुम्बिनी प्रादेसिक अस्पताल बुटवलमा उपचार हुँदै छ । अहिले भेन्टिलेटरबाट आईसियुमा सारीएको छ । उनको टाउकोमा गम्भीर चोट र खुट्टा फयाक्चर भएको छ ।
सन्धिखर्क स्थित शान्ती बगैचामा लु ४ त ६३६२ नम्वरकाे ट्याक्टरकाे ठक्करबाट भुमिकास्थान नगरपालिकाको वडा नं ३ धारापानीकी १७ वर्षिया निशा भुसाल भुसाल गम्भीर घाईते भएकी थिईन् ।
घाईते भुसालको टाउकाे र खुट्टामा गम्भीर चाेट लागेको छ । भने जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार हुन नसक्दा बुटवल रिफर गरिएकाे थियो । उनको अवस्था गम्भीर रहेकाे थियो ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएकाे प्रहरीले बताएको छ ।
भुमिका स्थान नगरपालिका ३ धारापानी रातामाटा बादखर्कका समासेवी राम रामप्रसाद भुसालको पहलमा बुटवलको बेल्बासमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
भुसालले यस अगाडी पनि कोभिड माहामारीका बेला घर भाडा लगायतका छुट दिएका थिए । उनले निरन्तर प्राय समय समाजसेवामा दिदै आएका देखिन्छन् ।