अपाङ्ग दृष्टिविहिन ,आश्रममा सहयोग ।

            

कृष्ण परीयार , अर्घाखाची डट्कम । 

बुटवल,  साउन –   लायन्स क्लव अफ बुटवल स्टार्सद्धारा लुम्बिनी अपाङ्ग तथा दृष्टिविहिन  अनाथ आश्रम बुटवल–१५ उजेलापुरलाई सहयोग गरेको छ ।
अपाङ्ग दृष्टिविहिन ,आश्रममा सहयोग ।
क्लवका अध्यक्ष विजय कुमार बर्णवालको जन्मोत्सवको अवसरमा आश्रममा  १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरिएको हो ।  लायन्स डिष्ट्रिक ३२५ पिका सचिव तथा क्लवका संस्थापक अध्यक्ष सन्दीप कसौधन, निर्वतमान अध्यक्ष एन्जील खानले संयुक्त रुपमा आश्रमका  सचिव लिलाराम रोकलाई प्रदान गरिएको हो । 
अपाङ्ग दृष्टिविहिन ,आश्रममा सहयोग ।
कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष सन्दीप कसौधनले विगत लामो समय देखि लायन्स स्टार्सले नमुनायोग्य कामगर्दै आएको बताउँदै आगामी  दिनमा पनि  सामाजिक क्षेत्रमा क्रियाशिल रहने बताएका थिए । 
कार्यक्रममा क्लवका सचिव डि.एस भट्राई ले क्लवले सामाजिक क्षेत्रका अनुकरणीय काम गर्दै जाने बताए ।

अन्य समाचारहरु