परिणाम मुखि काम गरेर देखाउन, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पान्डेको कर्मचारीलाई निर्देशन

गुल्मीको मुसिकोट नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत राकेस पान्डेले शुसाशन पार्दर्सिता आफ्नो पहिलो प्राथमिकता रहेको ले सोही उदेश्य अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिनु भएको छ  । 
परिणाम मुखि काम गरेर देखाउन, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पान्डेको कर्मचारीलाई निर्देशन
यस अघि नवलपरासी जिल्लाको रामग्राम  नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत पान्डे नेपाल सरकारका उप–सचिव हुनुहुन्छ । उहाँसंग यस अघि विभिन्न जिल्लामा  कुशलता पुर्वक कार्यकारीको रुपमा काम  गरेको अनुभव छ ,भने संघीय सरकारका विभिन्न मन्त्रालयमा पनि कार्य गरेको अनुभव रहेको छ ।
परिणाम मुखि काम गरेर देखाउन, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पान्डेको कर्मचारीलाई निर्देशन
 मुसिकोट नगरपालिकामा कर्मचारी वार्डका सचिब बिषयगत शाखाका प्रमुख तथा कर्मचारीलाई निर्देशन  दिदै प्रमुख प्रशासकीय अधिकृत पान्डेले ऐन कानुनको परिधिभित्र रहेर जनप्रतिनिधि सहित सरोकारवाला सबै संग सहकार्य गर्दै मुसिकोटलाई सुशासन, पारदर्शिता र जवाफदेहीतामैत्री नगरपालिकाको रुपमा पहिचान दिलाउने गरि काम गर्न आफू लागि परेकाले सोही अनुसार काम गर्न आग्रह गर्नु भयो ।
परिणाम मुखि काम गरेर देखाउन, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पान्डेको कर्मचारीलाई निर्देशन
 उहाँले सेवाग्राहीमैत्री नगरको विकासका लागि आफ्नो सदैव पहल रहने बताउदै यसका लागि नगरवासी सबैले साथ दिनेमा विश्वस्त रहेको बताउनुभयो । जुनसुकै कार्य गर्दा पनि परिणाममुखी हुनुपर्नेमा जोड दिंदै नगरको विकास र नगरवासीको काम सहज रुपमा हुनुनै आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो ।
परिणाम मुखि काम गरेर देखाउन, मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पान्डेको कर्मचारीलाई निर्देशन
 मुस्कान सहितको सेवा दिएर सेवाग्राहीलाई छिटोछरितो काम दिनका लागि सबै कर्मचारी लाई आग्रह गर्नु भयो ।

अन्य समाचारहरु