बुटवलको दीप बोडिङ्ग द्धारा विद्यार्थी माथि निर्घात कुटपिट, ज्यान मार्ने धम्की आएको अभिभावकको गुनासो

-राम कुमार क्षेत्री ,रुपन्देही ।
  
विद्यालयमा अध्ययन गर्न पठाएको छोरालाई शिक्षकले कुटपिट गरी गम्भिर घाईते वनाएको खवर सुन्दा सायदै जो कोही अभिभावको मन दुखीत नहुने कुरै भएन । पछिल्लो समय विद्यालयमा शिक्षकहरुले विद्यार्थी कुट्ने प्रवृतिले विद्यार्थीहरुको मनोविज्ञानमा असर पर्दै आएको पाईएको छ । त्यस्तै घटना बुटवलको दीप वोडिङ्ग हाई स्कुलमा सोमवार घटेको छ । शिक्षकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेको पाईएको हो । 
बुटवलको दीप बोडिङ्ग द्धारा विद्यार्थी माथि निर्घात कुटपिट, ज्यान मार्ने धम्की आएको अभिभावकको गुनासो
यसबिषयमा अभिभावकले मंगलवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशको कार्यालय बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा पिडित विद्यार्थी जेनितले भने, कलास चलिरहेको वेलामा म मुसुक्क हाँसेको हुँ । मेरो कमजोरी त्यती मात्रै हो । त्यही निहुँमा मलाई सरले झर्केर वोलाउनु भयो, म सर कहाँ गए, र भने सर हाँसेकोमा गल्ती भयो माफी पाऊँ । तर सरले किन हाँसेको, किन हाँसेको भन्दै मेरो गालामा हान्नुभयो । पटक–पटक गरी मलाई हानिरहनु भयो । जुन कुटपिटले म घाईते बन्न पुगे । एकछिन सम्म कान बन्द, अचेत जस्तै भए । अहिले पनि म त्यही पिटाईले गर्दा वेला वेलामा झस्किरहन्छु । 
बुटवलको दीप बोडिङ्ग द्धारा विद्यार्थी माथि निर्घात कुटपिट, ज्यान मार्ने धम्की आएको अभिभावकको गुनासो
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न–५ घर भएका जेनित रायमाझीलाई सोही विद्यालयका शिक्षक एकराज गुरागाईंले निर्घात कुटपिट गरेर घाईते वनाएका छन् । कुटपिट भएका विद्यार्थी जेनित घर गएपछि उनकी आमा चन्दा रायमाझीले फोन गरेर विद्यालयका प्राचार्य टिकाराम न्यौपानेलाई कुटपिट वारेमा सोधपुछ गर्दा उल्टै प्राचार्य न्यौपानेले तँ को होस् ? तेरो हैसियत के हो ? म संग यसरी वोल्ने तमिज त्यही हो ? भन्दै थर्काएको पिडित विद्यार्थीकी आमा चन्दाले पत्रकार सम्मेलनमा रुदै यस्तो वताएकी हुन् । 
बुटवलको दीप बोडिङ्ग द्धारा विद्यार्थी माथि निर्घात कुटपिट, ज्यान मार्ने धम्की आएको अभिभावकको गुनासो
पिडित विद्यार्थीका वुवा डिवि रायमाझीले विद्यार्थीलाई कुटपिट र यातना दिएर गर्ने व्यवहार दीप वोडिङ्ग स्कुलको नयाँ नभएको वताउँदै, आफ्नै छोरालाई निर्घात कुटपिट गरेको वारेमा कुराकानी गर्दा ४/ ५ जनाको फोन आएको भन्दै, पत्रकार सम्मेलन गरेमा ज्यान मार्ने धम्की आएकाले बाध्य भएर पत्रकार सम्मेलन गरेको उल्लेख गरे । 
 
अव छोराले त्यो स्कुलमा पढ्न जादैन भन्छ, छोराले कक्षा १० मा अहिले अध्ययन गर्दै छ । स्कुलका कारणले मेरो छोराको पढाई विग्रिने भयो । अव यसको जिम्मेवारी कसले लिने ? ज्यान मार्ने धम्की दिने जस्ता कार्यको बारेमा सम्बन्धित निकायले पक्कै पनि ध्यान दिनेछ भन्नेमा हामी विश्वस्त छौं । उनले भने ।
रायमाझीले ज्यान मार्ने धम्की नआएको भए, स्कुलले कुटपिट गर्ने शिक्षकलाई कारबाही गरेको भए हामीले पत्रकार सम्मेलन गर्ने थिएनौं । हाम्रो माग भनेको शिक्षकमाथि कारबाही होस भन्ने हो अरु केही छैन् । विद्यालयका प्राचार्य न्यौपानेले विद्यार्थी र शिक्षक माथि तानाशाह शैली चलाउँदै आएको धेरै तथ्यहरु बाहिर आउन नसकेको जनाए । 
कार्यक्रममा नेपाल अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीले ३० बर्ष अगाडिको जस्तै घोकन्ते, रटन्ते शैली विद्यालयमा चलाउन नपाइने वताए । उनले दीप वोडिङ्गले विद्यार्थी माथि गरेको दुव्र्यहार निन्दनिय भएको वताए । स्कुल मुस्कान संस्कार सहितको अध्यापन दिने ठाउँ हो । दण्ड दिने नियम कहिकतै नभएकाले उक्त कार्य ठिक नभएको जिकिर गरे । 
संघका अध्यक्ष ज्ञवालीले भने, बरु विद्यार्थीले गल्ती गरेमा एकपटक अभिभावकलाई सचेत गराएमा विद्यार्थीका अनैतिक वानी व्यवहार सुुधार्न सकिने सुझाए ।

अन्य समाचारहरु