रुपन्देहीको शंकरनगरमा लायन्सहरुको सयुक्त पदस्थापन कार्यक्रम सम्पन्न

कृष्ण परीयार 
रुपन्देहीको शंकरनगरमा सामाजीक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ पि एरिया ३ र ४ को सनिबार एक कार्यक्रमको आयोजना गरी एरिया मा रहेका ८१ वटा लियो, लायनेश तथा लायन्स  क्लबहरुको संयुक्त पदस्थापन तथा परिचय  कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमा लायन्स एरिया ३ का एरिया चिफ  एम एल पाण्डे को सभापतित्व एव एरिया चिफ  माधव खनालको संचालनमा भएको उक्त कार्यक्रमा डिष्ट्रिक ३२५ पि का डिष्ट्रिक गर्भनर नवराज न्यौपानेले मेरो क्लब बलियो क्लब भन्ने मुल नाराका साथ सबै क्लबले तन मन र धनले लाग्नु पर्ने र आफु भन्दा कम भाग्यमानी लाई सेवा गर्नु पर्ने बताए ।कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का फस्ट भिडिजि अर्जुनमान सैजु ,सेकेन्ड भिडिजि पुरुसोत्तम प्रधानाङ्ग ,पिएम सि सि सुनिल वझा , डिष्ट्रिक सचिव संदिप कसौधन, डिष्ट्रिक कोषाध्यक्ष विनोद खरेल , डिष्ट्रिकका महत्वपूर्ण ब्यक्तित्वहरु  दिनेश खरेल ,निर्मल प्रसाद लाकौल  लगाएत बोलेका थिए । कार्यक्रम रेडिसन होटल शंकरनगरमा सम्पन्न उक्तकार्यक्रमा ५ सय जना बढी लायन्सहरुको सहभागीता रहेको थियो । डिष्ट्रिक गर्भनरद्वारा  नयाँ लायन्स सदस्यहरुलाई सपथ खुवाइएको  एकदेव बस्याले बताए ।

अन्य समाचारहरु