पाल्पाको प्रतिनिधिसभा क्षेत्र नं. २ मा तीन दलका प्रतिनिधि चयन भएका छन् । प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी भएका हुनुभयो । यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ प्रदेश (१) मा नेपाली कांग्रेसका वीर बहादुर राना र प्रदेश सभा २ (२) मा नेकपा माओवादीका तुलाराम घर्ती निर्वाचित हुनुभयो ।

नेकपा एमालेका उम्मेदवार गैरे २७ हजार ८ सय १७ मत ल्याएर बिजयी हुनुभयो । उहाँका निकटम प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेयले २३ हजार ८ सय ५१ मत पाउनुभयो । पाल्पाको निर्वाचन क्षेत्र नं.२ (१) प्रदेश सभामा सदस्यमा वीर बहादुर राना विजयी हुनुभयो ।

संयुक्त गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता रानाले १६ हजार ३९ मत प्राप्त गरि विजयी हुनुभयो भने उहाँ प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार परशुराम भट्टराईले १३ हजार ९ सय ६४ मत पाउनुभयो ।

पाल्पा निर्वाचन क्षेत्र नं.२ (२) को प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का तुलराम घर्तीमगर निर्वाचित हुनुभयो । घर्तीले १३ हजार ९ सय ९२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी ओमबहादुर घर्तीमगरले १३ हजार ५१ मत प्राप्त गर्नुभयो ।
तस्बिर -पाल्पा समाचार



