बुटवल कालिका क्याम्पस स्थापनाको ९ वर्ष पुरा हुँदा देशकै उत्कृष्ठ क्याम्पस बन्न सफल

nettv-worldcup2022.jpg

-टेकराज भुसाल  ।

बुटवल। रुपन्देही जिल्लाको बुटवलमा अवस्थित बुटवल कालिका क्याम्पसले स्थापनाको ९ वर्ष पुरा हुँदा देशकै उत्कृष्ठ क्याम्पस बन्न सफल भएको छ ।

No description available.

शनिबार क्याम्पसमा पत्रकार सम्मेलन गरि क्याम्पस प्रमुख घनश्याम पाठकले क्याम्पस स्थापना भएको १० वर्षको समयमा अत्याधुनिक भवनसंगै कक्षाकोठा, फर्निचर, प्रयोगशाला बनाउन सफल भएको जानकारी दिनुभयो ।

No description available.

बुटवल कालिका क्याम्पसको नवौ वार्षिकोत्सब तथा अभिभावक दिवसमा पुर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट मंसिर २३ गते भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

No description available.

नेपाल सरकार अर्थ मन्त्रालयबाट ६ करोड रुपैया र क्याम्पसको आन्तरिक आम्दानीबाट भवन निर्माण गरेको पाठकले बताउनुभयो ।

No description available.

३५ जनाबाट शुरु भएको कलेजमा हाल २ हजार ८ सय ३८ जना विद्यार्थीहरु अध्ययरत छन भने ७५ जना प्राध्यापक र कर्मचारीहरु रहेको क्याम्पस प्रमुख पाठकले बताउनुभयो।

 

तस्बिर – टेक राज भुसाल

 

अन्य समाचारहरु