आगामी सरकारको नेतृत्व कसले गर्नेभन्दा किन गर्ने भन्ने कुरा महत्वपूर्ण: चन्द्र भण्डारी

nettv-worldcup2022.jpg

-टेकराज भुसाल ,अर्घाखाची डट्कम बुटवल ।

नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले आगामी सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि किन गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको बताउनुभएको छ।

No description available.

प्रेस यूनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले नेताहरु सरकार गठन र प्रधानमन्त्री को बन्ने भन्ने विषयमा केन्द्रित भएको बेलामा अब बन्ने प्रधानमन्त्रीले के–के गर्न सक्ने भन्ने विषय महत्वपूर्ण रहेको बताउनुभयो।

No description available.

विगत ३० वर्षदेखि एउटै अनुहारले मुलुकको नेतृत्व गरेको बताउँदै पुराना तथा पाका नेताहरुले अब विश्राम लिनुपर्ने बेला भएको समेत स्पष्ट पार्नुभयाे।

देशलाई सही दिशामा अघि बढाउन उमेरले नभई सोच र इच्छाशक्तिले युवाको निर्धारण गर्ने बताउदै वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा जानु पर्ने बताउनुभयाे।

अन्य समाचारहरु