टेकराज थापा
मंसिर १९। लुम्बिनी प्रदेश समन्वय परिषद, कतारले आफ्नो स्थापना दिवसको शुभ अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ।
हमाद अस्पातलको ब्लड डोनेशन सेन्ट्ररमा आगामी १३ जनवरी २०२३ शुक्रवारका दिन रक्तदान कार्यक्रम गर्न लागिएको हो। परिषदको चौंथो वार्षिकोत्सव तथा पाँचौं स्थापना दिवसको शुभ अवसरमा विविध कार्यक्रम गरी मनाउने क्रममा लुम्बिनी प्रदेश समन्वय परिषद, कतारको आयोजना र लुम्बिनी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्ला संस्थाहरुको सह आयोजनामा तपशिल बमोजिमको मिति तथा स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्न गइरहेको परिषदका अध्यक्ष बुद्ध पाण्डेले जानकारी गराए ।
सन् २०१८ मा स्थापना भई यो वर्ष (२०२३ मा) ४ वर्ष पुरा भएको अवसरमा विविध कार्यक्रम गरी मनाउने क्रममा लुम्बिनी प्रदेशले “रक्तदान जीवनदान” जस्तो महत्वपुर्ण कार्यक्रम गर्न लागेको बताए । उक्त रक्तदान कार्यक्रममा स्वास्थ्यकर्मीहरुबाट रक्तदान गर्नु पुर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात मात्र रक्तदान गर्ने सकिने परिषदले जनाएको छ ।
यस अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा सहभागिताका लागि कतारमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सहर्ष जानकारी गराउदै परिषदले आफ्नो सामाजिक संजाल फेशवुक मार्फत सुचना सम्प्रेषण गर्ने साथै यो पवित्र महान कार्यमा कतारमा स्थापित सम्पुर्ण कृयाशिल संघ संस्थाका प्रमुख एवंम् बुद्धिजिवी, समाजसेवी, पत्रकार, तथा नेपालीजनहरुमा यहाँहरुको सहभागिताको लागि परिषदले हार्दिक अपिल गरेको छ। रक्तदान आफैमा मावन जीवनको लागि महत्वपूर्ण जीवनदानको रुपमा मानिन्छ ।
रक्तदान कार्यक्रमको तपशिल :
मिति : शुक्रबार ,१३ जनवरी २०२३
समय : बिहान ८ः०० देखि दिउसो १ बजेसम्म ।
स्थान : हमाद हस्पिटल ब्लड डोनेशन सेन्ट्रर ।
उल्लिखित रक्तदान कार्यक्रमबारे निम्न बमोजिमको नम्वरहरु सम्पर्क गरी रक्तदान बारे विस्तृत जानकारी लिन सकिने छ ।
१) अध्यक्ष बुद्ध पाण्डे : ५०३४६२७८
२) बरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराई : ७७४६७६७०
३) उपाध्यक्ष अक्तर हुसेन : ७७८७५५९९
४) महिला उपाध्यक्ष मनिषा खड्का : ५५९०४२६३
५) महासचिव टेकराज थापा : ६६४२९६४९
६) सचिव सजन लौडारी : ६६७३११२९
७) सचिव विकाश गैरे : ३०२१५२८२
८) कोषाध्यक्ष देवराज पुन : ३३९४१०२२
९) सहकोषाध्यक्ष केशर ब. के.सी : ५०६७५४००
१०) सचिवालय सदस्य झविन्द्र आचार्य : ७७५२५३८८
११) सचिवालय सदस्य कृष्ण पन्थी : ५०३०७१५६



