भैरहवा : लुम्बिनी राष्ट्रिय महोत्सव शुरु शनिबार  सबैभन्दा धेरै दर्शक

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

भैरहवा । लुम्बिनी राष्ट्रिय महोत्सव २०७९ मा शनिबार सबै भन्दा बढि दर्शक भित्रीएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघले २०६१ साल देखि भैरहवामा मेला आयोजना गरेपनि गरे पनि अहिले सम्म कै भिड रहेको संघका उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताए । आचार्यका अनुसार शनिबार मात्रै ५० हजार बढीले महोत्सव अवलोकन गरेका छन् ।

लुम्बिनी राष्ट्रिय महोत्सवमा आज सबैभन्दा धेरै दर्शक

शनिबारको दिन महोत्सव परिसरमा रहेका होटल तथा रेष्टुरेन्टमा साँझपख सबै परिकार सकिएको र त्यसमा पनि केराका परिकार, च्याउका परिकार, कुराउनी उल्लेख्य विक्रि भएको कृषि उपसमिति संयोजक अर्जुन कार्कीले बताए । मेला परिसरमा रहेका पिङमा पनि लामो लाइन भएकोले घन्टौ सम्म लाइन बस्नु परेको थियो ।

महोत्सवमा शनिबार चर्चित गायककार हेमन्त शर्मा, भुपेन्द्र थापा, सपना गाहा र दिपु मगर लगायतले प्रस्तुति राखेका थिए । महोत्सव स्थलमा हेमन्त शर्मा लगायतले प्रस्तुति दिदा धेरै भिड भएर सुरक्षाकर्मीलाई सम्हाल्न हम्मेहम्मे परेको सांस्कृतिक कार्यक्रम संयोजक दिपेन्द्र प्रधानले बताए ।

शनिबार सबैको बिदा भएकोले दर्शकको धेरै भिड भएको र अब दुई दिन सम्मपनि भिड हुने अपेक्षा रहेको महोत्सव संयोजक समेत रहेका सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बताए । -आर्थिक न्युज