राष्ट्रपतिद्वारा २५ गतेका लागि संसद् अधिवेशन आव्हान

 

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २५ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आव्हान आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रीपरिषद्को २०७९ पुस ११ को सिफारिसमा पुस २५ गते सोमबार दिनको १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति: