दलहरुमा भने आकांक्षी धेरै भएकाले भागबण्डामा समस्या भइरहेको छ । कुन दलले कुन–कुन मन्त्रालय पाउने भन्ने दलहरुबीच अझै टुंगो लागेको छैन । अहिले एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी बिना विभागीय मन्त्री छन् ।

सत्ता साझेदार दल माओवादीका नेता एवं प्रदेश सभा सदस्य इन्द्रजीत थारुका अनुसार ९ मन्त्रालय मध्ये ३ मन्त्रालय साना दल र बाँकी ६ वटा मन्त्रालय एमाले–माओवादीले पाउने भन्नेमा करिब–करिब टुंगो लागेको छ । मुख्यमन्त्रीसहित एमालेले चार मन्त्रालय र अर्थसहित माओवादीले तीन मन्त्रालय पाउने विषयमा सत्तारुढ दलहरुबीच मोटामोटी सहमति भएको थारुले बताए ।
मुख्यमन्त्री लिला गिरीले हप्तादिन भित्रै सरकारले पूर्णता पाउने बताए । उनले माघ २५ गते भित्रै मन्त्रीमण्डल विस्तार भइसक्ने बताए ।
अब रहने मन्त्रालयको सूचि
– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
– आर्थिक मामिला मन्त्रालय
– आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय
– भौतिक पूर्वाधार विकास मन्त्रालय
– जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय
– स्वास्थ्य मन्त्रालय
– सामाजिक विकास मन्त्रालय
– यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय
– वन तथा वातावारण मन्त्रालय
– कृषि तथा सहकारी मन्त्रालय












