कामना सेवा विकास बैंकका सीईओसहित ४ जना पक्राउ

 

काठमाडौं। कमशल धितोमा अधिक कर्जा प्रवाह गरेको अभियोगमा कामना सेवा विकास बैंकका सीईओसहित चार जनालाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ।

दमक प्रहरीले बैकका निर्वतमान सीईओ प्रवीन बस्नेत सहित वीरेन्द्र सिंह भण्डारी, हरेन्द्र दाहाल, चन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको हो। हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा भने ऋणी हुन्।

पक्राउ परेकाहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।