झापामा एक पुरुषद्वारा आत्मदाहको प्रयास

 

 

spot_img

 

झापा – झापामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।

बिर्तामोड मुक्तिचोकमा बिर्तामोड–७ का एक पुरुषले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ।

जलिरहेको अवस्थामा उनको उद्धार गरी अस्पताल पुर्‍याइएको छ। उनको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले  जानकारी दिए।

images

spot_img

उनको ढाडको भाग जलेको छ। आत्मदाहको प्रयासको कारण खुलेको छैन। देश सञ्चारले उल्लेख गरेको छ।

images