पत्रकार थपलियाको उपचारार्थ यूएईबाट आर्थिक सहयोग

    –  उमाकान्त गाउले
मध्यपुर्व स्थित अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि
 
२९ अक्टोबर-यूएई, दुबई – काठमान्डौको बालाजुमा मोटर साईकल दुर्घटनामा परी एउटा खुट्टा गुमाएर कृतिम खुट्टाका लागि उपचारार्थ अस्पातलमा रहेका संचार कर्मी तथा संचार व्यबसायी रबिन थपलियाको उपचारार्थका लागि यूएईमा सकंलन गरिएको नेपाली रुपैया २४ हजार २ सय बयासी रुपैया नेपाल पठाईेको छ ।
 
यूएईको आबुधाबीमा रहेका शालिकराम पन्थको नेत्रित्व तथा संचार कर्मी टेक थजाली,उमाकान्त पाण्डे गाउलेको सकृयतामा यूएईमा रहेका अन्य नेपालीको सहयोगमा सकंलन गरिएको सो रकम मंगलवार यूएई एक्सचेन्ज मार्फत काठमान्डौ स्थित हिमालयन बैन्कमा पठाईेएको हो ।
 
०६६ साल ३१ जेष्ठमा काठमाण्डौको वालाजुमा भएको मोटरसाइकल दुर्घटना पछि दाहिने गोडामा लागेको गम्भिर चोटको काठमान्डौ बिएण्डबि अस्पतालमा उपचारको क्रममा सात दिन पश्चात घाऊको इन्फेक्सनले गर्दा उपचार झन जटिल भएकोले उन्लाई रिफर गरी मेडिकेयर अस्पतालमा भर्ना गरी उनको दाँया खुट्टानै फ्याक्नु पर्ने स्थिती आएको थियो ।
 
२०५९ देखी २०६२ सम्म एचबिसी एफएम,२०६३ देखी २०६५ सम्म गोर्खा एफएममा काम गरी आफ्नो लामो पत्रकारिता अनुभब सगांलेका थपलिया पछील्लो समयमा आफ्नै लगानीमा अग्निबाँण मासिक तथा सोही सस्थाको अन्लाईन वेबसाइटमा सम्लङग्न रहेका थिए ।


आफ्नो घरको आर्थिक स्थिती नाजुक भएकोले  आफ्नो ब्लग,सन्चार माध्यम तथा फेसबुक जस्ता बिभिन्न सामाजिक सन्जाल मार्फत आर्थिक सहयोगका लागि गरेको अपिल लाई यूएईमा रहेका नेपाली हरुले आफ्नो दैनिक खाजा खर्च कटाएर जुटाएको सो रकम प्रशिक्षार्थी पत्रकार सालीक राम पन्थले नेपाल पठाएका हुन । 


एउटा मानवताको नाताले प्रवासमा रहेका नेपालीको सहयोगमा यसरी रकम सकंलन गर्न सफल भएको रकम पठाईसके पछी दशलाख नेपाली प्रयोग कर्ता रहेको सामाजिक फेसबुक सन्जालमा पैसा पठाएको बैन्क रशिद पत्र सहित सार्वजनिक गरेका थिए । साथै आफुले सुरु गरेको आर्थिक रकम सकंलन अभियानमा हातेमालो गर्ने सम्पूर्णलाई सहयोगी शालिकराम पन्थले एक प्रेस बिज्ञपती मार्फत स-धन्यवाद आभार ब्यत्त गरेका छन भने आफु हरुले गरेको सानो सहयोगले पत्रकार थपालियाको उपचारमा केही राहत मिल्ने आशा समेत पन्थले लिएका छन ।

 

सहयोग गर्ने र अन्य विवरण