राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकाे छ ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ ग्रहण गर्नुभएकाे हाे ।

उहाँलाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराउनु भएकाे हाे ।

तस्वीरमा हेर्नुस् राष्ट्रपति रामचन्द्र पौडेलकाे शपथग्रहण

रामचन्द्र पौडेल गत फागुन २५ गते बिहीबार राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे थियाे ।