

काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ। दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्।

दिउँसो २ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ। यसअघि साेमबार उम्मेदवारको नामावली उपर दाबी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो। चैत ५ गते हुने निर्वाचनका लागि शनिबार देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको थियो।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन्। निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ। प्रत्यक्ष तथा समानुपातिकतर्फका उमेदवार वि.सं. २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन्।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त कलेजहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रचार प्रसारका क्रमा भित्ते लेखन तथा पोस्टर टाँस्न निषेध गरिएको छ ।
सोमबार उम्मेदरवारहरुको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचारप्रसार सुरू भईसकेकोमा कुनै पनि संगठन तथा उम्मेदवारले भित्तेलेखन र पोस्टर टाँस्न नपाउने भएका हुन । यस्तै, रंगरोगन गर्न र कुनै पनि प्रकारको तुल तथा फ्लेक्स लगाउन पनि निषेध गरिएको छ ।

चैत २ गते रातिसम्म प्रचार प्रसार गर्न पाइने छ ।
पोखराको पृथ्वीनारयाण क्याम्पसलगायतका केही क्याम्पसमा भने भर्ना विवादका कारण निर्वाचन रोकिएको छ ।
स्ववियु निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउने छन् । उपाध्यक्ष, सहसचिव र बाँकी ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
स्ववियु निर्वाचनको मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।




