दाङ, कार्तिक ३ – करेन्ट लागेर दाङमा बुधबार दिउँसो एक जनाको मृत्यु भएको छ ।
दाङको लालमटिया-८ मौरीघाट निवासी १७ वषिर्य चन्द्रदेव चौधरीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घर नजिकै खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा चौधरीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।



