– उमाकान्त पाण्डे गाउले
मध्यपुर्व स्थित अन्तराष्ट्रिय प्रमुख प्रतिनिधि
२२ अक्टोबर २०१० – दुबई – खाडीमा महिलाहरुका समस्या दिन प्रतिदिन बढीरहेका छन । समस्या जुन तरिकाले बढीरहेका छन समाधानका प्रयास भने त्यती बहेको देखिदैन । सम्बन्धित पक्षले यस् तर्फ ध्यान नदिदा र स्वयम खाडीमा भित्रिने महिला हरुले पनि आत्मविश्वासका साथ काम गर्न सक्ने अवस्था नभएकोले झन खाडी मुलुकहरु सम्युत्त अरब एमिरेट्सयूएई,कुवेत,कतार,साउदीअरब,मलेसिया,लगायतका देशमा कार्यरत महिलाहरु दिन प्रतिदिन बिबिधखालका समस्यामा जेलिएका उदाहरण्ा केयौ पटक संचार माध्यम मार्फत सार्वजनिक भईरहेका छन ।
यसै क्रममा सम्युत्तअरब एमिरेट्स यूएईको उम्मलक्विनमा एक नेपाली महिलाले आत्महत्या गरेको ३ महिना पछी मात्र शब नेपाल पुगेको छ ।
रोजगारको शिलशिलामा ईमराती घरमालिकको घरमा १२ मे २००९ मा नेपाल बाट यूएई छिरेकी तातोपानी ६ सिन्धु पाल्चोककी सुकु तमाङले आफु कार्यरत घरमै आफ्नै सलको पासो लगाएर आत्म हत्या गरेकी थीईन । के कती कारण्ाले उन्ले आत्महत्या गरेकी हुन भन्ने बिषय भने अहिले सम्म खुलेको छैन । घरेलु महिलाकाम्दारको रुपमा यूएई आएकी मृतक सुकु तामाङ ले गत जुलाई महिना को २६ गते आफु कार्यरत घरको आफ्नै कोठामा रहेको पंखामा झुन्डिएर आत्म हत्या गरेकी हुन ।
आत्महत्या गरी आफ्नो मेडले ज्यान गुमाए पछी मृतकको मालिक स्वयमले प्रहरीमा उजुरी गरी पोस्टमार्टम मार्फत तामाङले आत्महत्या गरेको पुस्टी गरिसक्दा सम्म उनका कोही आफन्तको पत्तो नभए पछी पोस्टमार्टमका लागि लगिएको यूएईको उम्मलक्विन अस्पतालमा त्यी नेपाली महिलाको शब बेवारीशे हुन पुग्यो । २ महिना दिन सम्म समेत मृतकका आफन्तको पत्तो नभएको खबर सोही अस्पतालमा क्लीनरको रुपमा कार्यरत थर्कमान दाहालले धादिङ वेल्फेयर एसोसिएसनका अदक्ष्य तथा समाजसेवी भुवन गुरुङलाई जानकारी गराए पछी उन्ले आफ्नो मानवताको धर्म ठानेर बिभिन्न संघ सस्था नेपाली दुतावास लगायतमा संपर्क गर्दा समेत कुनै काम हुन नसकेपछी संचार माध्यम मार्फत आफन्तको खोजी गर्न सकिन्छकी भन्दै उद्दार पहलमा जुटे ।

संचार माध्यममा समेत बिभिन्न बहानामा यो समाचारले स्थान पाएन । अन्त्यत प्रकृया पुरागर्नका लागि समाज सेवी तथा धादिङ वेल्फेयर एसोसिएसनका अदक्ष्य तथा समाजसेवी भुवन गुरुङले आफ्नो उद्दार अभियानमा निरन्तर लागि परे पश्चात आत्महत्या गरेको ३ महिना पछी मात्र नेपाली महिलाको शब नेपाल सम्म पठाउन सफल भए ।
कहिले के कहिले के कागज पुगेन भन्दै आफ्नो समस्या समाधान तर्फ दुतावासले ढिला सुस्ती गरिदिएको र यहाँ सामाजिक सेवाका लागि खोलिएका सघसस्थामा कसैले समेत चासो नदेखाएको आरोप उद्दार कार्यमा जुटेका गुरुङको छ । दुतावासले समस्या बारे जानकारी पाए पस्चात समेत आफ्नो क्षेत्र बाट कुनै पहल गर्दैन । हामी आफ्नो मानवताको धर्म ठानेरमात्र जुटेका छौ दुतावासत यि र यस्तै समस्या समाधानका लागि खटिनु पर्ने होइन र उन्ले प्रश्न गरे ? यस् बिषयमा नेपाली राजदुतावास यूएईका उप नियोग प्रमुख दिपक अधिकारीलाई जिज्ञासा राख्दा आफ्नो स्थान बाट दुतावासले गर्ने काम लाई सक्दो छिट्टो र भरपर्दो तरिकाले गर्ने गरेका छौ, आत्महत्या गरेको जानकारी आफुहरुलाई ढिला प्राप्त भएकोले कानुनी प्रकृया लम्बिएको जनाए ।
मृतकका आफन्तको कुनै पत्तो नपाए पछी नेपाली पहिचानका लागि आफु सो उद्दारकार्यमा जुटेको गुरुङको भनाइ छ । उनी भन्छन समयमै घटना समब्न्धमा जानकारी भएको भए झन गहिरो अध्ययन र कानुनी तवरबाट लड्न सकिन्थ्यो तर घटना भएको २ महिना पछी मात्र बाहिर आउनुले पनि झन घटनाको बिषयले स्थान पाएन । मृतक सुकु तमाङ कार्यरत घर मालिकले उन्को आफन्त आएमा परेको तथा कानुनले मागे बमोजिम सबै हिसाब उपलब्ध गराउने तथा शबलाई नेपाल सम्म पुराउदा लाग्ने खर्च समेत दिने भनेको भए पनि अधिकारीक प्रतिनिधि मुलक सस्था नेपाली राजदुतावास आबुधाबी अग्रसर नभएकोले उद्दार प्रकृया तिब्र गतीमा हुन सकेन ।
कुनै कागज बिना सो ईमराती मालिकले समाजसेवी तथा धादिङ वेल्फेयर एसोसिएसनका अदक्ष्य भुवन गुरुङलाई २ पटक गरी ६ हजार धिराम्श करिव नेपाली रुपैया १ लाख २० हजार उपलब्ध गराइ शब नेपाल पठाउन सहयोग गरेको बताईएको छ ।
आफ्नो लामो प्रयास पछी नेपाली दुतावास आबुधाबीले प्रकृयातामक ढंगबाट एनसोसी पत्रको साथमा मृतकको भिसा क्यान्सिल गरी गत सोमबार १८ अक्टोबर मा नेपाल एयरलाइन्सको २३० नम्बरको उडान मार्फत शब नेपाल पठाएर उनको पारिवारलाई जिम्मा दिए पस्चात दाहसस्कार गरिएको छ ।
८ बषयिर् छोरी र ४ बषयिर् छोरा गरी २ सन्तानकी आमा रहेकी मृतक सुकु तमाङले के कसरी खाडीमा आफु कार्यरत घरकै कोठामा आत्म हत्या गर्न पुगिन यो बिषय अझै पनि खुल्न सकेको छैन ।
नेपाली महिला को शब कुकुर बिरालो मरे सरह हुनु हुँदैन भन्दै अहोरात्र उद्दार कार्यमा खटेका धादिङ वेल्फेयर एसोसिएसनका अधक्ष्य भुवन गुरुङ लाई मृतकको शब आफन्त सम्म पुराइदिएकोमा मृतकका घरपरिवार बाट आभार ब्यत्त गरिएको छ भने काठमान्डौमा मृतककाका घर परिवार लाई शेर्पा समाज नेपालले समेत सहयोग गरिरहेको जनाइएको छ ।
उद्दार कार्यमा जुटेका भुवन गुरुङले आफु कार्यरत कम्पनीले आफुलाई यस्तो कार्यमा जुट्न प्रेरणा तथा हौसला दिएकोमा तथा आफ्नो उद्दार अभियानमा जुटेका पाचपोखरी समाज यूएईका भुपु अधक्ष्य प्रमोद लामा तथा अन्य सबैलाई धन्यवाद दिएका छन ।