स्याङ्जाको डुडे बजारबाट गल्याङतर्फआउँदै गरेको जिप दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यू

स्याङ्जा, कार्तिक ६ – स्याङ्जाको पिडीखोला गाविसको डुडे बजारबाट गल्याङतर्फआउँदै गरेको ग१ज २०८० नं.को जिप पिडीखोला गाविस-२ सोता भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा एकजनाको मृत्यू भएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा परी पिडीखोला-४ झिरुवासकी ७० वर्षीया कुन्तीसरा सिँजालीको ज्यान गएको हो ।

दुर्घटनामा पिडीखोलामा कार्यरत प्रहरी जवान ओमप्रकाश निशाद, पेलाकोटका वर्ष ४० का टीकाराम भण्डारी, निवुवाखर्क-७ का ३० वर्षीय जिप चालक श्याम न्यौपाने, पेलाकोट-७ का १९ वर्षीय दिनेश सापकोटाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

दुर्घटनामा परी सामान्य घाइते हुनेहरूमा पेलाकोटकी गोमती दुबे, सोही ठाउँकै श्याम दुबे, जगत्रादेवि-८ का वर्ष२८ का तारा पाण्डे, पिडीखोलाका वर्ष २५ का प्रेममणि गुरुङ, पिडीखोला-२ का ५२ वर्षा धनबहादुर र पेलाकोटका वर्ष ३२ का कला पोख्रेल रहेका छन् ।

घटनामा गम्भीर घाइते प्रहरी जवानको पोखरामा उपचार भइरहेको छ भने अन्य तीनजनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइतेहरूको गल्याङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार साँझ पिडीखोलाको सोता भन्ने ठाउँमा जिप ग्रामीण सडकबाट एकसय मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । रासस

अन्य समाचारहरु