अमर खड्का, इटहरी, कात्तिक ६ – कोशी राजमार्ग अन्तर्गत सुनसरी हाँसपोसा क्षेत्रको पानीपियामा शुक्रबार राति दुईवटा मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु भएको छ।
राति सवा आठ बजे दुईवटा मोटरसाइकल जुद्धा इटहरी-१ का २० बर्षीय प्रेम चौधरी, ३० बर्षीय शुक्र रम्तेल र सोनापुर-२ का २६ बर्षीय गौरब राईको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका तीनै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राति नै मृत्यु भएको हो।
दुर्घटनामा परी घाइते सोनापुरका २९ बर्षीय शुक्र राईको धरानमै उपचार भइरहेको छ। धरानबाट इटहरी तर्फ आउँदै गर्दा को ४ च १७३४ नम्बरको मोटरसाइकल र इटहरीबाट धरान जादै गरेको को ७ प ७९७२ नम्बरको मोटरसाइकल तिव्र गतिमा रहेकाले जुद्धेको प्रहरीले जनाएको छ ।