अन्तर्राष्ट्रिय नेपाली एकता समाजको भेला सम्पन्न

काठमाडौं । विभिन्न पेशा तथा रोजगारका लागि विश्वका विभिन्न मुलुकहरुमा गएका नेपालीहरुको संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको तेस्रो अन्तर्राष्ट्रिय भेला २०६७ कार्तिक ८ गतेका दिन काठमाडौंमा सम्पन्न भएको छ ।

 

तीन चरणमा सम्पन्न सो भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्षँ तथा सभासद् का.चित्रबहादुर के.सीले गर्नुभयो । भेलाको उद्घाटन पश्चात् आफ्नो उद्घाटन भाषणमा का। के।सी।ले भन्नुभयो ूभारतमा ७ जनाबाट शुरुवात भएको संगठन अखिल भारत नेपाली एकता समाज अहिले भारतव्यापी भएको छ । अहिले खाडी मुलुक यूरोप एसिया अमेरिका लगायतका महादेशका करिव डेढ दर्जन मुलूकहरुमा स्थापना भएका र हुन लागेका नेपालीहरुको संगठनलाई पनि यो भेलाबाट त्यसैगरी संगठन विस्तार गर्नमा अझ ठोस योजनाका साथ मद्दत पुग्नेछ ।का. केसीले अगाडि भन्नुभयो ूअन्तर्राष्ट्रिय नेपाली एकता समाजले देशमा गणतन्त्रको संस्थागत गर्न र देशलाई संघीयतामा लैजान नदिनका लागि विश्वव्यापी रुपमा अझै ठोस पहल गर्नु जरुरी छ । ू सो समारोहमा अखिल मलेसिया नेपाली एकता समाजको तर्फबाट डिलाराम बुढाथोकी अखिल अरब नेपाली एकता समाजको तर्फबाट केशव आचार्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तर्फबाट मित्रलाल शर्माले भेलाको सफलताको शुभकामना दिनु भएको थियो ।

 

कतार एकता समाजका प्रतिनिधि अर्जुन थापाको स्वागत तथा अखिल मलेसिया नेपाली एकता समाजका पूर्व अध्यक्षँ आनन्द शर्माद्वारा संचालन गरिएको सो समारोहको सभापतित्व अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सभापति दुर्गबहादुर के।सी। ले गर्नु भएको थियो । समारोहमा शहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । उद्घाटन समारोह  सकिए पछि दोस्रो शेषन बन्दशत्र शुरु भयो । अर्जुन थापाद्वारा संचालन गरिएको सो सत्रको सभापतित्व डिलाराम बुढाथोकीले गर्नुभयो । बन्दसत्रमा विभिन्न प्रस्तावहरुमाथि छलफल भयो । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार सदस्य गिरीधारीलाल न्यौपाने तथा कार्यालय सचिव नारायण बन्जाडे खुलारुपले नै संगठनविरोधी अनुशासनविहीन तथा फुटपरस्त गतिविधिमा संलग्न भै काम गरेकोमा दुवैजनालाई भेलाले अनिश्चितकालका लागि पद तथा साधारण सदस्य समेतबाट निस्कासन गरेको छ । भेलामा अन्तर्राष्ट्रिय एकता समाजका सभापति दुर्गबहादुर के।सी। ले १९ सदस्यीय कार्य समिति तथा ३ सदस्यीय सल्लाहकार रहेको प्यानल प्रस्तुत गर्नु भयो । व्यापक छलफलपछि हाउसमा सो प्यानल पारित गरियो ।

 

बन्दसत्रपछि समापन समारोह शुरु भयो । समारोहमा दुर्गबहादुर के।सी।ले मित्रलाल शर्मा भारत अध्यक्ष रहेको १९ जनाको समिति तथा ३ सदस्यीय सल्लाहकार गरी २२ सदस्यीय नवनिर्वाचित कार्य समितिको घोषणा गर्नुभयो । जसमा उपाध्यक्ष मानबहादुर थापा युएई महासचिव राजेन्द्र श्रेष्ठ कतार सचिव रामबहादुर बस्यालसाउदी अरब कोषाध्यक्षँ दलबहादुर गाहा बहराइन सदस्यहरु तोयनाथ कंडेल बेल्जियम लालबहादुर पुन यूएई जुद्धबहादुर नेपाली मलेसिया धनबहादुर के।सी।बेलायत विष्णु के।सी।जापान शोभाकान्त लामिछाने ओमन सक्तमान बुढामगर हङकङ पौरख के।सी। अस्टे्रलिया अर्जुन थापा कतार कृष्णबहादुर पछाई अमेरिका भागिलाल घर्तीमगर दक्षिण कोरिया र ४ स्थान रिक्त रहेका छन् । त्यसैगरी सल्लाहकारमा दुर्गबहादुर के।सी।भारत तुफान के।सी।जापान र गुमनाथ सुवेदी बेल्जियम रहेका छन् । कार्य समितिको बैठकले ३ सदस्यीय सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष मित्रलाल शर्मा उपाध्यक्ष मानबहादुर थापा र महासचिव राजेन्द्र श्रेष्ठ रहनुभएको छ । बैठकले केन्द्रीय कार्यालय काठमाडौंमा राख्ने ठेगान गरेको छ ।

 

नवनिर्वाचित अध्यक्षँ मित्रलाल शर्माले कार्य समितिको तर्फबाट सपथग्रहण तथा प्रतिबद्धता प्रकट गर्दै संक्षिप्त मन्तव्य दिनुभयो । नयाँ कार्य समितिलाई राष्ट्रिय जनमोर्चाका उपाध्यक्षँ तथा सभासद् सन्तबहादुर नेपालीले बधाई दिनुभएको थियो ।