प्रगतिशील पत्रकार संघको राष्ट्रिय सम्मेलन सुरु, राष्ट्र र राष्ट्रियताको लागि कलम चलाउन केसी को आग्र्ह

-युग दर्शन

बुटवल । शनिबार सम्म भएको छ । शुक्रबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनको उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले राष्ट्र र राष्ट्रियताको लागि कलम चलाउन पत्रकारहरुसँग आग्रह गनुृभयो ।
उहाँले पत्रकारको हक हितको लागि आफूले निरन्तर संघर्ष गर्ने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष केसीले देशको अवस्थाका बारेमा पार्टीको धारणा राख्दै संघीयता केन्द्रमा सांसद, मन्त्री बन्न नसकेका कार्यकर्ताको व्यवस्थापन गर्न ल्याइएको बताउनुभयो । उहाँले जनताले संघीयता खारेज गर्नैपर्ने नगरे संघीयताले मुलुक नै खारेज गरिदिने चेतावनी पनि दिनुभयो ।

फरक प्रशंगमा अध्यक्ष केसीले आफूहरुले गठबन्धन गरिरहेका राजनीतिक दल कांग्रेस र माओवादीलाई राम्रोसँच चिनेको उल्लेख गर्दै देशको लोकतन्त्र रक्षाको विषयबाहेक अन्य विषयमा उनीहरुसँग गम्भीर मतभेद रहेको पनि स्पष्ट पार्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद तारा थापा लगायत नेकपा (मसाल) निकट विभिन्न जनवर्गीय संगठन तथा भाइचार संगठनका प्रतिनिधिहरुले पनि शुभकामना दिनुभएको थियो ।

त्यस अवसरमा प्रगतिशील पत्रकार संघको स्थापना गर्ने तीन जना संस्थापक सदस्यहरु सुमन अधिकारी, जीवन शाही र जगदीश ढकाललाई सम्मानित गरिएको थियो ।

सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता संयोजक श्याम पोख्रेल, सञ्चालन सचिव प्रकाश थापामगर र स्वागत तिलक गाहाले गर्नुभएको थियो ।

बन्द सत्र सुरु
सम्मेलनको बन्द सत्र पनि  सुरु भएको छ। जीवन शाही, अस्मिता खनाल र नारायण जिसीको ३ सदस्यीय अध्यक्ष मण्डल बनाएर बन्द सत्र सञ्चालन गरिएको हो।

बन्द सत्रमा श्यामलाल पोख्रेलले घोषणा पत्रको मस्यौदा, प्रकाश थापाले संगठनात्मक प्रतिवेदन, कोषाध्यक्ष विनोद पौडेलले आर्थिक जानकारी, सचिवालय सदस्य प्रज्वल पहाडीले विधानको मस्यौदा र सुमन अधिकारीले बुटवल घोषण पत्र पेश गर्नुभएको छ । बन्द सत्रमा ति विषयमाथि छलफल जारी छ ।  शनिबार सम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ ।

तस्बिर – युग दर्शन